जुम्ला / जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
पहिरोमा पुरिएर एकै परिवारका ५ जना र थप २ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार, आफ्नो घरमा पहिरोको जोखिम भएपछि ५ जना आफन्तको घरमा बास बस्न गएका थिए । तर बास बस्न गएको घर नै पहिरोले पुर्दा उनीहरू सहित थप २ जनाको मृत्यु भएको हो ।
प्रतिकृया दिनुहोस