अछाम–१ बाट समाजवादीको उम्मेदवार बन्न रावललाई नेपालको प्रस्ताव

युग संवाददाता     245 पटक पढिएको    

अछाम–१ बाट समाजवादीको उम्मेदवार बन्न रावललाई नेपालको प्रस्ताव

काठमाडौँ / एमालेबाट आउँदो चुनावका लागि टिकट नपाएका नेता भीम रावललाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट चुनाव लड्न प्रस्ताव गरेका छन् ।

नेपालले शनिबार बिहान नेता रावललाई टेलिफोन गरेर अछाम क्षेत्र नम्बर १ बाटै प्रतिनिधिसभाको उम्मेदवार बन्न प्रस्ताव गरेका हुन् । तर नेता रावलले भने टिकट नपाए बरु चुनाव नलड्ने तर एमाले नछोड्ने जवाफ दिएको स्रोतले बताएको छ ।

सत्ता गठबन्धनको तर्फबाट अछाम १ नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । नेपालले सोही क्षेत्र रावललाई दिने प्रस्ताव गरेका हुन् ।

तर एमाले नेता रावलले सो प्रस्ताव अस्वीकार गरेपछि पूर्व योजना अनुसार नै हाल श्रममन्त्री पनि रहेका शेरबहादुर कुँवरलाई उठाउने तयारी गरेको छ । अछाम १ बाट रावललाई हटाएर एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट एमाले प्रवेश गरेका झपड बोहोरालाई उम्मेदवार बनाउने घोषणा गरेका छन् ।



शनिबार २२, असोज २०७९ ०९:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal