दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा २ सशस्त्र प्रहरीको मृत्यु

युग संवाददाता     508 पटक पढिएको    

दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा २ सशस्त्र प्रहरीको मृत्यु

दाङ / दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा २ सशस्त्र प्रहरीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका–३ मुसरियामा शुक्रवार राति करीब १० बजे लु४०प ४९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार भालुवाङस्थित सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बरमा कार्यरत दुवै सशस्त्र प्रहरीको मृत्युु भएको हो ।
 
मृत्यु हुनेमा लमही नगरपालिका–१ का लहानु चौधरी र राप्ती गाउँपालिका–६ का सुलेश चौधरी रहेका छन् । दुर्घटनामा परी लहानुको घटनास्थलमै र सुलेशको उपचारका लागि कोहलपुर लैजाने क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोद केसीले जानकारी दिए ।

मृतकद्वय लगातारको वर्षाका कारण देउखुरीका विभिन्न ठाउँमा उद्धारमा खटिएका र ड्युटी सकाएर गणमा फर्किने क्रममा दुर्घटनामा परेका उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेकोे बताइएको छ ।



शनिबार २२, असोज २०७९ ०३:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal