वैज्ञानिकले अब चन्द्रमामा बिरुवा उब्जनी गर्ने

युग संवाददाता     380 पटक पढिएको    

वैज्ञानिकले अब चन्द्रमामा बिरुवा उब्जनी गर्ने

एजेन्सी, अष्ट्रेलियाका वैज्ञानिकहरूले शुक्रबार अनावरण गरेको नयाँ मिसनमा २०२५ सम्ममा चन्द्रमामा बिरुवाहरू उब्जाउने प्रयास गर्ने भएका छन् । जुन उनीहरूले भविष्यको उपनिवेशको लागि मार्ग प्रशस्त गर्न मद्दत गर्न सक्ने बताइएको छ ।

क्वीन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीका वनस्पति विज्ञ ब्रेट विलियम्सले निजी इजरायली चन्द्र अभियान अन्तर्गतको बेरेशिट २ अन्तरिक्ष यानले बिउ बोक्न बताएका छन् । यान अवतरणपछि सिल गरिएको कक्षभित्र बिउलाई पानी दिइनेछ । बीज अङ्कुरण र वृद्धिको संकेतबारे निरन्तर निगरानी गरिनेछ ।

चरम परिस्थिति राम्रोसँग सामना गर्न सक्ने र चाँडो अङ्कुरण हुने विरुवा छनोट गरिने उनले बताए । एउटा सम्भावित छनोट भनेको अष्ट्रेलियाको ‘पुनरुत्थान घाँस’ हो जुन निष्क्रिय अवस्थामा पानीबिना बाँच्न सक्छ ।



शुक्रबार २१, असोज २०७९ ११:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal