खोलाले बगाउँदा दाङमा एक जनाको मृत्यु

युग संवाददाता     540 पटक पढिएको    

खोलाले बगाउँदा दाङमा एक जनाको मृत्यु

दाङ / अविरल वर्षासँगै खोलाले बगाएको दाङमा एक जनाको मृत्यु भएको छ । दसैँ टीका लगाउन मामा घर गएका छोरालाई लिन भनी गएका तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ निवासी ४८ वर्षीय मदन डाँगीलाई स्थानीय खरैनी खोलाले बगाउँदा मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय दाङ प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिए ।

घर नजिकै रहेको ससुरालीमा छोरा दसैँ मनाउन गएको रातीसम्म पनि घर नफर्किएपछि छोरालाई लिन जाँदा खोलाले बगाउँदा बेपत्ता भएको डाँगीको शव बिहीबार बिहान गाउँ नजिकै खोला छेउमा फेला परेको प्रहरी प्रमुख वलीले भनाई छ । 



बिहिबार २०, असोज २०७९ ०५:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal