आफ्नै छोराको हत्या गरी फरार रहेका बाबु पक्राउ

युग संवाददाता     131 पटक पढिएको    

आफ्नै छोराको हत्या गरी फरार रहेका बाबु पक्राउ

बर्दिया / आफ्नै छोराको हत्या गरी फरार रहेका बर्दिया बारबर्दिया नगरपालिका–११ का लौरंगलाल थारुलाई प्रहरीले पक्राउ गरेको छ । थारुले आफ्नै २० वर्षीय छोरा बिबेक चौधरीलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरी हत्या गरेका थिए ।

थारुलाई आज बिहान बर्दियाको ईन्द्रपुरमा लुकिछिपी हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।



शुक्रबार १४, असोज २०७९ ०९:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.