मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

युग संवाददाता     117 पटक पढिएको    

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौं / काठमाडौंको नागार्जुनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–६ घट्टेकुलो चोक नजिक बागमती प्रदेश ०२–०२८ प ८८२१ नंको मोटरसाइकलको ठक्करबाट नागार्जुनको उमागाउँ बस्ने ४० वर्षीय कृष्ण गिरीको मृत्यु भएको हो ।

बिहीबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका गिरीको उपचारका क्रममा आज बिहान मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल चालक भने हाल फरार रहेका छन् । मोटरसाइकलको पछाडि बसेका एकजना घाइतेको भने अहिले सोही अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ । 



शुक्रबार १४, असोज २०७९ ०९:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.