प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्ने जिम्मा ओलीलाई

युग संवाददाता     517 पटक पढिएको    

प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्ने जिम्मा ओलीलाई

काठमाडौँ / नेकपा एमालेले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।

बिहीबार राति अबरेसम्म अध्यक्ष ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले उम्मेदवारको अन्तिम निर्णय गर्ने अधिकार ओलीलाई दिने निर्णय गरेको हो।आवश्यक परामर्शमा अध्यक्ष ओलीलाई उम्मेदवारको अन्तिम तय गर्ने अधिकार दिइएको सचिव पदमा अर्यालले बताइन्।

तल्ला कमिटीबाट सिफारिस भएर आएका सबैको नाममा छलफल भएको र एकल रुपमा सिफारिस भएका नाममा पनि छलफल भएको उनले बताइन्। तर, कुनै ठोस निर्णय भने नभएको सचिव अर्यालले बताइन्।



शुक्रबार १४, असोज २०७९ ०३:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal