एकीकृत समाजवादीले १७ सिट पाउने सहमति

युग संवाददाता     478 पटक पढिएको    

एकीकृत समाजवादीले १७ सिट पाउने सहमति

काठमाडौं / सत्ता गठबन्धनबाट चुनाव लड्न एकीकृत समाजवादीले १७ सिट पाउने भएको छ।  सत्ता गठबन्धनको बुधबार बसेको बैठकले समाजवादीलाई १७ दिन दिने करिब सहमति भएको हो । 

जसअनुसार समाजवादीले इलाम १, रौतहट १, बारा ४, धादिङ १, काठमाडौं ८, ललितपुर २, मकवानपुर २, कास्की २, गुल्मी २, पाल्पा २, रुपन्देही २, दाङ १, डोल्पा, दैलेख १, अछाम १, बझाङ र डोटीको निर्वाचन क्षेत्र दिइने भएको हो ।

तर, ती मध्ये केही निर्वाचन क्षेत्रमा अन्य पार्टीले दाबी गरेकाले अन्तिम रुप दिन बाँकी रहेको छ । बारा ४, धादिङ १, अछाम १ मा छलफल गरेर अन्तिम रुप दिइने नेताहरुले बताएका छन् ।



बिहिबार १३, असोज २०७९ ०५:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal