पहिरोले घर बगाउदा गोठमा रहेका गाई र बाख्रा पुरिए

युग संवाददाता     160 पटक पढिएको    

पहिरोले घर बगाउदा गोठमा रहेका गाई र बाख्रा पुरिए

बैतडी / बैतडीमा पहिरोले घर बगाउदा गोठमा रहेका गाई र बाख्रा पुरिएका छन ।जिल्लाको दोगडाकेदार गाउँपालिका–२, बडियाका देबसिंह महराको घर  पहिरो खस्दा बगेको हो ।

प्रहरीका अनुसार पहिरो खस्दा घर परिवारले भागेर ज्यान जोगाएका थिए तर गोठमा रहेका गाई र बाख्रा पुरिएको प्रहरीले जनाएको छ ।  शनिबार रातिदेखि लगातारको वर्षाले सेती नदीमा पानीको बहाव बढेको छ ।

बैतडीको सिगास गाउँपालिका –५, ढुङ्गाढ क्षेत्रमका १०३ घरपरिवारमा बाढीको त्रास बढेको छ । 
 



सोमबार १०, असोज २०७९ ०९:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.