कञ्चनपुरको पुनर्वास ११ मा आँखा शिविरको आयोजना हुने

युग संवाददाता     269 पटक पढिएको    

कञ्चनपुरको पुनर्वास ११ मा आँखा शिविरको आयोजना हुने

कञ्चनपुर / कञ्चनपुरको पुनर्वास ११ मा आँखा शिविरको आयोजना हुने भएको छ । पुनर्वास नगरपालिका तथा च्यारिटी हेल्थ फाउण्डेसनको संयुक्त सहकार्यमा भदौ २ गते आँखा शिविरको आयोजना गरिन लागेको पुनर्वास नगरपालिका ११ का वडाध्यक्ष तुलसी अर्यालले बताए।

वडाध्यक्ष अर्यालका अनुसार आँखा शिविरमा सहभागी हुन चाहने व्यक्तिले  भदौ २ गते बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म नाम दर्ता गर्नुपर्ने बताए । यस्तै आँखा शिविर वडा कार्यालयको परिसरमा रहने र आँखा सम्बन्धी समस्या भएकाहरूलाई निःशुल्क  चस्मा र औषधीको व्यवस्था साथै निःशुल्क अप्रेसन व्यवस्था रहेको समेत जनाएको छ ।

वडाध्यक्ष अर्यालले आँखा सम्बन्धी समस्या भएका वडावासीलाई सो कार्यक्रममा सहभागी हुन आग्रह गरे ।  च्यारिटी हेल्थ फाउण्डेसनले हालसम्म सुदूरपश्चिमका सबै जिल्लामा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आइरहेको छ ।

फाउण्डेसनका अध्यक्ष वरिष्ठ नेत्र विशेषज्ञ डा. विद्या प्रसाद पन्तका अनुसार हालसम्म १५ हजार शल्यक्रिया  गरिसकेको ३० हजार जनालाई निःशुल्क चस्मा वितरण गरिएको जनाएको छ ।  फाउण्डेसनले विगत चार वर्षदेखि निःशुल्क शव वाहन पनि सञ्चालन गर्दै आएको छ ।  



मङ्गलबार ३१, साउन २०७९ १०:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.