फुटबलको सर्वोच्च निकाय फिफाद्वारा भारतलाई प्रतिबन्ध

युग संवाददाता     281 पटक पढिएको    

फुटबलको सर्वोच्च निकाय फिफाद्वारा भारतलाई प्रतिबन्ध

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) लाई यसअघि नै पटक पटक चेतावनी दिएको थियो  ।

भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेपछि फिफाले त्यसो नगर्न चेतावनी दिएको थियो । तर फुटबलको निकायलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि फिफाले प्रतिबन्ध लगाएको हो ।

फिफाको यो निर्णयसँगै भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्न पाउने छैन ।



मङ्गलबार ३१, साउन २०७९ ०७:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal