शिक्षक लाइसेन्सको परीक्षामा भिडियो बनाउने परीक्षार्थीलाई कारबाही

युग संवाददाता     485 पटक पढिएको    

शिक्षक लाइसेन्सको परीक्षामा भिडियो बनाउने परीक्षार्थीलाई कारबाही

धनगढी / शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने एक परीक्षार्थीलाई कारबाही गरिएको छ।

यही साउन २८ गते कैलालीस्थित धनगढीको त्रिभुवन मावि बोराडाँडीको ‘ख’ केन्द्रबाट परीक्षा दिएका विनोदकुमार बमलाई आयोगले कारबाही गरेको हो।

मर्यादाविपरीत प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडियो बनाएर सामाजिक सञ्जालमा राखेको भन्दै आयोगले उनको परीक्षा रद्द गरेको जानकारी दिएको छ।

बम्मलाई शिक्षक नियमावली २०५७ को नियम २६ को उपनियम १ अनुसार अनुमति पत्रको दरखास्त रद्द गरिने गरी कारबाही गरिएको र सोही नियमावलीको नियम ४३ अनुसार आउँदो २ वर्षसम्म आयोगको कुनै परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाइएको शिक्षक सेवा आयोगले एक सूचना जारी गर्दै जानकारी दिएको छ।



सोमबार ३०, साउन २०७९ ०९:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal