महाकालीमा बगेर बेपत्ता भएका किशोरी फेला परेनन्,खोजी कार्य जारी

युग संवाददाता     237 पटक पढिएको    

महाकालीमा बगेर बेपत्ता भएका किशोरी फेला परेनन्,खोजी कार्य जारी

बैतडी / महाकाली नदीमा बगेर बेपत्ता भएका दुई जना किशोरी अझै फेला परेका छैनन् । शुक्रबार बैतडीको दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया सङ्गीता टमटा नुहाउने क्रममा बेपत्ता भएकी हुन्  ।

शुक्रबार राति पनि खोजी गरेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले शनिबार बिहानैदेखि बेपत्ता भएकाहरूको खोजी कार्य जारी राखेको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए ।

उनीहरू बगेर बेपत्ता भएको बारेमा झुलाघाट बाहेक अन्य ठाउँमा रहेका सशस्त्र प्रहरीका बिओपीलाई पनि जानकारी गराइएको छ भने सीमामा रहेका भारतीय सुरक्षाकर्मीहरूलाई समेत जानकारी गराइएको निमित्त प्रमुख जिल्ला अधिकारी भारतीले बताए ।

शुक्रबार दिउँसो एक बजे नुहाउने क्रममा महाकाली नदीस्थित नगतडीबाट बेपत्ता भएका भए पनि प्रहरी र प्रशासनलाई भने बेलुका खबर गरिएको जनाइएको छ । 



शनिबार २८, साउन २०७९ १०:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.