कैलालीमा करिब ३ लाख नगदसहित ४ जुवाडे पक्राउ

युग संवाददाता     157 पटक पढिएको    

कैलालीमा करिब ३ लाख नगदसहित ४ जुवाडे पक्राउ

धनगढी / कैलालीको अत्तरियामा जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका २ शिवनगरमा ४५ वर्षीय सन्देश केसीले सञ्चालन गरेको सन फ्लावर गेस्ट हाउसबाट उनीसहित ४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिए प्रहरी टोलीले २ लाख ९० हजार १०० सहित ४ जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा होटेल सञ्चालक केसी, गोदावरी ४ बस्ने ३५ वर्षीय टेकबहादुर रावल, सोही ठाउँका ४२ वर्षीय पदम भट्ट र बैतडी पुर्चौडी नगरपालिका ३ बस्ने २६ वर्षीय केशव कुँवर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।

तास खेलिरहेका मध्ये बैतडी पाटन नगरपालिका ४ बस्ने ३९ वर्षीय सुरेन्द्र ऐरी र धनगढी उप – महानगरपालिका २ बस्ने ३४ वर्षीय सागर सिंह भाग्ने क्रममा चोट लागि उपचारको लागी माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। 



शनिबार २८, साउन २०७९ ०९:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.