शुक्रबारदेखि प्रधानन्यायाधीश जबरामाथि अध्ययन हुने

युग संवाददाता     187 पटक पढिएको    

शुक्रबारदेखि प्रधानन्यायाधीश जबरामाथि अध्ययन हुने

काठमाडौँ / प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोगमाथि शुक्रबारदेखि अध्ययन सुरु हुने भएको छ ।काठमाडौँ उपत्यका बाहिर रहेका समिति सदस्यहरू फर्किइसकेकाले जबराविरुद्धको महाभियोगमाथि शुक्रबारदेखि अध्यन शुरु हुने भएको हो ।

जबराविरुद्धको महाभियोगमाथि अध्यन गर्न शुक्रबार बैठक बस्ने समिति सचिवालयले जनाएको छ । १ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोपसहित कांग्रेसकी तत्कालीन सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र एकीकृत समाजवादीका तत्कालीन प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक भई प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो ।

महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रतिनिधि सभाले २२ फागुनमा संविधानअनुसार महाअभियोग सिफारिस समिति बनाएको थियो । जबरामाथि लागेका अभियोगहरूमा न्यायालयमा विचलन ल्याएको, भ्रष्टाचार र बिचौलियालाई स्थान दिएको र भागबन्डा खोजेको जस्ता आरोप लागेका छन् ।प्रस्तावमाथि छानबिन गर्न संसद्मा सर्वदलीय समिति बनाएपनि छानबिन प्रक्रिया भने अगाडि बढेको छैन । 



बिहिबार २६, साउन २०७९ ०६:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.