सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै

युग संवाददाता     150 पटक पढिएको    

सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै

काठमाडौं /  आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनले चुनावी तालमेलको मापदण्ड र मोडालिटी तयार पार्न कार्यदलको बैठक बस्दैछ । सिट बाँडफाँटको मोडालिटीबारे छलफल गर्न आज दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

कार्यदलको  साउन २३ गते बसेको बैठकमा कार्यदलका सदस्यले आ आफ्नो दलको निर्णय सुनाएका थिए । योबीचमा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेलबारे आफ्नो आन्तरिक छलफल गरेका थिए । आजको बैठकमा सिट बाँडफाँट​को आधार र मापदण्डबारे प्रस्ताव राखेर छलफल गर्ने कार्यदलको तयारी छ । कार्यदललाई  भदौ पहिलो साताभित्र चुनावी तालमेलको मापदण्ड र मोडालिटी बनाएर प्रतिवेदन बुझाउन भनिएको छ ।

तोकिएको समयभित्र प्रतिवेदन बुझाइने गरी कार्यदलले काम थालेको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीको भनाइ छ । कार्यदलले तयार पारेको मापदण्डका अनुसार गठबन्धनका शीर्ष नेताबारे सिट बाँडफाँट गर्ने छन् ।



बिहिबार २६, साउन २०७९ ०९:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.