तीन जना झुण्डिएको अवस्थामा मृत फेला

युग संवाददाता     166 पटक पढिएको    

तीन जना झुण्डिएको अवस्थामा मृत फेला

बझाङ / बझाङमा एकै घरका तीन जना झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । बुङ्गल नगरपालिका–९ रारुमा एकै परिवारका आमा, छोरी र छोरा मृत फेला परेका हुन् । मृत भेटिनेमा पुष्कर पार्कीकी २२ वर्षीया श्रीमती गीता पार्की, पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मोहित रहेको प्रहरीले जनाएको छ ।
घर नजिकै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकोले घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए । मृतक गीता पार्कीका श्रीमान मंगलबार रातिमात्रै भारतबाट फर्किएको बताउदै उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहको प्रहरीले बताएको छ ।



बुधबार २५, साउन २०७९ ०७:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.