देउवा भेट्न बाबुराम बालुवाटारमा

युग संवाददाता     144 पटक पढिएको    

देउवा भेट्न बाबुराम बालुवाटारमा

काठमाडौं / नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रम निवास बालुवाटार पुगेका छन् ।

भेटमा समसामयिक राजनीतिक विषयदेखि गठबन्धन, चुनावी तालमेल लगायतका विषयमा छलफल हुने नेता विश्वदीप पाण्डेले जानकारी दिए । छलफलमा नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष महेन्द्र यादव पनि सहभागी छन् ।

जसपाबाट अलग भएको समाजवादी पार्टीलाई पनि सत्तारुढ गठबन्धनमा ल्याउने तयारी गरिएको छ । गठबन्धनको पछिल्लो बैठकमा यसबारे कुरा उठेको थियो ।



मङ्गलबार २४, साउन २०७९ ०७:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.