सप्तरीमा डुबेर २ जनाको मृत्यु

युग संवाददाता     86 पटक पढिएको    

सप्तरीमा डुबेर २ जनाको मृत्यु

राजविराज / सप्तरीमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । विष्णुपुर गाउँपालिका कट्टिस्थित मुसहरीमा रहेको सार्वजनिक पोखरीमा कमलको फूल टिप्ने क्रममा ३५ वर्षीय शिव शंकर सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सोमबार दिउँसो पोखरीमा फूल टिप्न गएका सदाको मंगलबार दिउँसो प्रहरीले शव फेला पारेको हो । यस्तै छिन्नमस्ता गाउँपालिका–४ लालापटीस्थित पोखरीमा २ वर्षीय बालकको डुबेर मृत्यु भएको छ । आफन्तकहाँ पाहुना आएका झापा घैलाडुवाका संजय पण्डितको २ वर्षीय छोरा दिप पोखरीमा खेल्ने क्रममा घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।



मङ्गलबार २४, साउन २०७९ ०७:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2022
Anubhabi Technologies Pvt. Ltd.