अवैध लागू औषधसहित तीन जना पक्राउ

युग संवाददाता     233 पटक पढिएको    

अवैध लागू औषधसहित तीन जना पक्राउ

काठमाडौं / कैलाली, कपिलवस्तु र मकवानपुरबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपलिका–२ ट्राफिक चोकबाट १ किलो ५ सय ग्राम चरेशसहित झाङ्ग दुर्गाथली गाउँपालिका–४ बस्ने २७ वर्षीय गणेश प्रसाद जोशीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । कपिलवस्तुको मायादेवी गाउँपालिका–१ इमिलियाबाट करिब १ ग्राम ९२ मिलिग्राम ब्राउन सुगरसहित रुपन्देही सैनामैना नगरपालिका–५ वुद्धनगर बस्ने २७ वर्षीय जनकराम घिमिरेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले लु.८२ प. ३२२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ राप्ती चोकबाट करिब ३ सय ८० मिलिग्राम खैरो हिरोईनसहित सोही उपमहानगरपालिका–१ चौकीटोल बस्ने २५ वर्षीय सन्तोष पाण्डेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।



मङ्गलबार २४, साउन २०७९ ०२:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.