धनगढीमा तस्कर र कर्मचारीबीच लफडा

युग संवाददाता     211 पटक पढिएको    

धनगढीमा तस्कर र कर्मचारीबीच लफडा

धनगढी /  कैलाली भन्सार कार्यालयको टोलीले भारतबाट अवैध रुपमा ल्याइरहेको समान बरामद गर्न खोज्दा लफडा भएको छ । सोमबार राति धनगढी उपमहानगरपालिका–२ का दुई जना महिलाले भारतबाट अवैध रुपमा ल्याएका सुट लगायतका समान भन्सार कार्यालयको गस्ती टोलीले बरामद गर्न खोज्दा लफडा भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले मिलनचोकस्थित भन्सारको गस्ती टोलीले समान बरामद गर्ने क्रममा वादविवाद भएको बताए । उनकाअनुसार भन्सारको गस्ती टोलीले धनगढी उपमहानगरपालिका–२ की रिता कुँवर र अन्जु कुँवरले भारतबाट ल्याइरहेको समान बरामद गर्ने क्रममा वादविवाद भएको थियो ।

सोही क्रममा त्यहाँ पुगेका रिताका श्रीमान कालुसिंह कुँवरले भन्सार कार्यालयको गाडीमाथि तोडफोड गरेको बताउँदै डीएसपी जोशीले उनीसहित अन्य दुई महिला र भन्सार कार्यालयका सवारी चालक रोहित महतालाई नियन्त्रणमा लिइएको जानकारी दिए । नियन्त्रणमा लिइएका उनीहरु चारै जनामाथि अनुसन्धान भइरहेको जोशीले बताए । उनीहरुबीच हात हालाहाल भएपछि कपडा समेत च्यातिएका छन् ।



मङ्गलबार २४, साउन २०७९ ०१:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.