महाकालीमा पानीको बहाब बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह

युग संवाददाता     158 पटक पढिएको    

महाकालीमा पानीको बहाब बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह

धनगढी / मौसम पूर्वानुमान महाशाखाले आज महाकालीको बहाब उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ । कर्णाली र यसका सहायक नदीहरुको बहाब सामान्य बढ्ने जनाएको छ । महाकाली नदी र आसपासका क्षेत्रमा पानीको सतह बढ्ने साना तथा ठाडो खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन भनेको छ । 
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित हुँदा मनसुन केही कमजोर भएकाले केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 



मङ्गलबार २४, साउन २०७९ १२:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.