इरानमा हालै आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ८० नाघे

युग संवाददाता     421 पटक पढिएको    

इरानमा हालै आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ८० नाघे

एजेन्सी,  इरानमा हालै आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ८० नाघेको  छ । देशका विभिन्न ठाउँमा आएका बाढी पहिरोमा परी उनीहरूको मृत्यु भएको हो ।  इरानको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रमुख मोहम्मद हसन नामीले बाढी पहिरोमा अझै केही वेपत्ता भएको बताए ।

बेपत्ता भएकाहरूको खोजीका लागि उद्धारकर्ता, सुरक्षाकर्मी लगायतलाई खटाइएको छ । इरानमा यही जुलाई २३ देखि भारी वर्षा भएको र वर्षाका कारण बाढी पहिरो आएकोले ठूलो क्षति भएको अधिकारीहरूले बताएका छन् । बाढी पहिरोमा ६१ हजार सामग्री उपलब्ध गराइएको छ ।



शनिबार २१, साउन २०७९ ११:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal