डडेल्धुरा कार्यसम्पादनमा सुदूरपश्चिममै सर्वोत्कृष्ट

युग संवाददाता     196 पटक पढिएको    

डडेल्धुरा कार्यसम्पादनमा सुदूरपश्चिममै सर्वोत्कृष्ट

डडेल्धुरा / गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा सुदूरपश्चिम प्रदेशमा पहिलो तथा देशभरीमै पाँचौ स्थान  बनेको छ। विभिन्न ६८ वटा परिसूचकमा डडेल्धुरा ९५ प्रतिशत अंक प्राप्त गर्दै प्रदेशका ९ जिल्लामध्ये पहिलो र देशरभरीमा पाँचौ स्थानमा सर्वोत्कृष्ट बन्न सफल भएको हो।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारीमा मोहनराज जोशीले इमान्दारीतापूर्वक काम गर्दाको प्रतिफल प्राप्त भएको बताए। ‘आगामी दिनमा पनि थप इमान्दारीतापूर्वक काम गर्दै जाने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु,’ सीडिओ जोशीले बताए ।

मन्त्रालयकाको मूल्यांकनमा बैतडी, दार्चुला र अछामले ९० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्दा कैलाली, कञ्चनपुर, डोटी, बझाङ र बाजुराले ८० देखि ९० प्रतिशतको बीचमा अंक प्राप्त गरेका छन् ।

शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासन अन्तर्गत ६८ वटा परिसूचकका आधारमा गृह मन्त्रालयले कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ।

यसपटक ९७.७५ प्रतिशत अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालय गुल्मी देशभरमा सवोत्कृष्ट भएको छ। बिहीबार मूल्यांकन समितिका संयोजक प्रमुख भीष्मकुमार भुसाल र प्रशासन महाशाखाका प्रमुख टेकबहादुर केसीले बुझाएको अध्ययन प्रतिवेदनअनुसार कार्यसम्पादनमा मुल्याङकनमा गुल्मीलाई देशैभरीका जिल्ला प्रशासन कार्यालयहरु मध्ये सर्वोत्कृष्ट ठहराएको हो ।



शुक्रबार २०, साउन २०७९ १२:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.