काठमाडौँ / लेखक तथा विश्लेषक अरुणकुमार सुवेदी प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आजको बैठकले सुवेदीलाई राज्यमन्त्री सरह हुने गरी प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री देउवाले अमेरिकाको औपचारिक भ्रमणमा जानुअघि परराष्ट्र सल्लाहकारमा सुवेदीलाई नियुक्त गरेका हुन् । सुवेदी खबरहब डट् कमका नियमित स्तम्भकार तथा विश्लेषक हुन्।
धनकुटाको दुर्गम गाउँ कुरुले टेनुपामा जन्मिएर सुबेदीले हाईस्कुलसम्मको अध्ययन मोरङको मधुमल्लाबाट पुरा गरेका थिए। उनले धरानबाट आइएससी सकेपछि त्रिचन्द्र कलेज र पछि त्रिभुवन विश्वविद्यालयमा रसायन शास्त्रमा स्नातकोत्तर गरेका छन्।
विद्यार्थी कालमा नेपाल विद्यार्थी संघमा आबद्ध सुवेदी पञ्चायतमा राजतन्त्र विरोधी आन्दोलनमा सहभागी थिए। पछिल्ला वर्षहरूमा सुवेदी सक्रिय राजनीतिबाट अलग भई व्यवसायी, लेखक तथा विश्लेषकमा रूपमा सक्रिय थिए।
प्रतिकृया दिनुहोस