मतदानस्थल थप गर्न सिफारिस

युग संवाददाता     273 पटक पढिएको    

मतदानस्थल थप गर्न सिफारिस

दार्चुला / आगामी सङ्घीय तथा प्रदेश निर्वाचनका लागि जिल्लामा दुई मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । जिल्ला मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिको बैठकले मतदान स्थल थप गर्न सिफारिस गरेको हो ।

प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षतामा बसेको बैठकले अपिहिमाल गाउँपालिका–३ को सुर्मा भवानी आधारभूत विद्यालय थुम्ती र लेकम गाउँपालिका–४ को तमैराज आधारभूत विद्यालय झलातीमा केन्द्र थप गर्न सिफारिस गरेको हो ।

जिल्लाभरि चार मतदानस्थल थप गर्न निवेदन आएको भए पनि प्रक्रिया नमिल्दा ती मात्र थपका लागि सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामीले जानकारी दिए । यसका लागि सिफारिस गरिएको मतदानस्थलसँगै जिल्लामा एक सय १२ मतदानस्थल हुनेछन् ।

यस्तै गत आर्थिक वर्षसम्म जिल्लामा ८९ हजार तीन सय ८२ मतदाता पुगेका छन् । गत स्थानीय तह निर्वाचनमा ८८ हजार दुई सय ८५  मतदाता थिए । अहिले पनि निरन्तर मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रम जारी छ । अहिले जिल्ला प्रशासन कार्यालयमै मतदाता नामावली दर्ताक्रम जारी  छ । 



बुधबार १८, साउन २०७९ ११:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal