उदयपुरमा करेन्ट लागेर एक युवकको मृत्यु

युग संवाददाता     309 पटक पढिएको    

उदयपुरमा करेन्ट लागेर एक युवकको मृत्यु

उदयपुर / उदयपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको कटारी नगरपालिका– ६ रिस्कुमा करेन्ट लागेर १९ वर्षिय बिपिन विकको ज्यान गएको हो ।

सिन्धुलीको दुधौली नगरपालिका–१४ घर भई कटारी नगरपालिका–६ रिस्कुस्थित साथी राज मगरको घरमा गएका १९ बर्षीय बिपिन विकको करेन्ट लागेर ज्यान गएको हो । मंगलवार दिउँसो १ बजे मल्टिप्लकमा मोवाईलको चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका विकलाई उपचारको लागि कटारी अस्पताल लगेकोमा उनको उपचारको क्रममा ज्यान गएको  ईलाका प्रहरी कार्यालय कटारीले जनाएका छन ।

प्रहरीले घटनाको  बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।



बुधबार १८, साउन २०७९ ०९:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.