दुर्घटनामा एकजनाको मृत्यु

युग संवाददाता     189 पटक पढिएको    

दुर्घटनामा एकजनाको मृत्यु

धनगढी / कैलालीमा दुर्घटनामा एकजनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१३ राजपुरमा गए राति गाईलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धनगढी–१ का ५५ वर्षीय निर्मल हमालको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको से६प ८०२८ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि चालक धनगढी–३  विशालनगरका वीरेन्द्र शर्मासमेत घाइते भएका छन् । उनको अनुहारमा चोट लागेको छ ।

पछाडि सवार हमालको टाउकोमा चोट लागेको थियो । उनको उपचारका क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  



शुक्रबार १३, साउन २०७९ ०८:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.