छोराले बुबालाई लौरोले हिर्काउँदा बुबाको घटनास्थलमै मृत्यु

युग संवाददाता     223 पटक पढिएको    

छोराले बुबालाई लौरोले हिर्काउँदा बुबाको घटनास्थलमै मृत्यु

बैतडी / घरायसी विवादमा छोराले बुबालाई लौरोले हिर्काउँदा उनको घटनास्थलमै मृत्यु भएको छ ।

शुक्रवार बिहान बैतडीको डिलासैनी गाउँपालिका ५ गोकुलेमा घरायसी विवादमा छोरा लोकेन्द्र जैशीले लौरोले हान्दा बुबा अनन्तराम जैशीको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भोला बहादुर रावलले बताए ।

प्रहरीले हत्यामा संलग्न जैशीलाई नियन्त्रणमा लिएको बताउँदै प्रवक्ता एसएसपी रावलले थप अनुसन्धान भइरहेको बताए



शुक्रबार १३, साउन २०७९ ०९:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.