अछाममा श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु

युग संवाददाता     487 पटक पढिएको    

अछाममा श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु

अछाम / अछाममा श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । पन्चदेवल बिनायक नगरपालिका-७ पुल्लेतोला दोम्सीगाडा बस्ने ४० वर्षीया मान्मा बिकको श्रीमान‍्को कुटपिटबाट मृत्यु भएको हो।

मान्माका श्रीमान् ४८ वर्षीय पहेलु कामीले गएराति कुटपिट गर्दा मान्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अछामले जनाएको छ। प्रहरीले फरार पहेलु कामीको खोजी गरिरहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।



शुक्रबार १३, साउन २०७९ ०७:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal