कञ्चनपुरबाट काठमाडौँका लागि छुटेको बस दाउन्‍नेमा पल्टियो

युग संवाददाता     249 पटक पढिएको    

कञ्चनपुरबाट काठमाडौँका लागि छुटेको बस दाउन्‍नेमा पल्टियो

धनगढी /  कञ्चनपुरबाट काठमाडौँका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिँदा बसमा  आगलागी भएको छ ।

नवलपरासी पूर्वको दाउन्‍नेमा बस पल्टिएर आगलागी हुँदा ३३ जना यात्रु घाइते भएका छन् । घाइते यात्रुमध्ये ६ जनाको अवस्था भने गम्भीर रहेको नवलपुर प्रहरी प्रमुख  प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

गम्भीर घाइते ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको छ । अन्य सामान्य घाइतेहरूको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



बुधबार ११, साउन २०७९ ०९:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.