पुन्तुरामा छैन पुल, जेसीबीले खोला तर्छन स्थानीय

युग संवाददाता     270 पटक पढिएको    

पुन्तुरामा छैन पुल, जेसीबीले खोला तर्छन स्थानीय

डडेल्धुरा / डडेल्धुराको परशुराम नगरपालिकास्थित पुन्तुरा खोलामा जेसिबीको प्रयोग गर्दै स्थानीय नागरिक नदी वारपार गर्न बाध्य बनेका छन् । मङ्गलबार साँझदेखि निरन्तर वर्षा भएपछि खोलामा पानीको बहाव बढेको छ । 
नगरपालिका सदरमुकाम नजिक रहेको पुन्तुरा खोलामा स्थानीयहरु नदी तर्न नसकेपछि जेसिबीको सहयोगमा वारपार गरिरहेका छन् । परशुराम नगरपालिका आउने नागरिकहरु खोलामा फसेपछि नगरपालिकाको डोजर लगाएर उद्धार गरिएको परशुराम नगरपालिकाका उपप्रमुख विमला बोहराले बताइन् । परशुराम नगरपालिकोका सदरमुकाम –१२ देखि ६ र ७ जोड्ने पुन्तुरा खोलामा पुल नहुँदा स्थानीयको ज्यान यसरी जोखिममा परेको छ । 
सिमलखेतमा प्राविसम्मको पठनपाठन हुने भएकाले जोगबुडा सदरमुकामा गएर अध्ययन गर्ने विद्यार्थीलाई समस्या परेको छ । 
नगरपालिकाका उपप्रमुख बोहराले पालिकाको बजेटले पुल निर्माण सम्भव नहुने बताइन् । उनले खोलामा पुल निर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग माग गर्ने बताइन् ।



बुधबार ०४, साउन २०७९ ०८:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.