संसद बैठकको त्यो ४० मिनेट कसरी पारित भयो चिकित्सा शिक्षा विधेयक

Yugnepal     813 पटक पढिएको    

 

सभामुख कृष्णबहादुर महराले शुक्रबार एक बजे प्रतिनिधिसभा बैठक डाकेका थिए। कार्यसूचीमा एकमात्र विषय थियो– चिकित्सा शिक्षा विधेयक पारित गर्ने।

बैठक तोकिएको समयमा सुरु भएन। बरु एक बजे नै सभामुखले आफ्नो च्याम्बरमा सत्तापक्ष र प्रतिपक्षका नेताहरूलाई डाके। उनले विगतका तीन बैठकमा प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण चिकित्सा शिक्षा विधेयक अघि बढाउन सकेका थिएनन्।

नयाँबानेश्वरस्थित संघीय संसद भवनको च्याम्बरमा महराले सत्तापक्ष र प्रतिपक्षलाई एउटै प्रश्न राखे, ुकसरी अगाडि बढ्नेरुु

परामर्श छलफलमा प्रतिपक्ष तर्फबाट संसदीय दलका उपनेता विजयकुमार गच्छदार, प्रमुख सचेतक बालकृष्ण खाँड र सचेतक पुष्पा भुषाल सहभागी थिए। सत्तापक्षबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र देव गुरुङ थिए भने सरकारबाट संसदीय मामिला मन्त्री भानुभक्त ढकाल।

मन्त्री ढकालले विधेयक अघि बढाउन सरकार दृढ रहेको बताए। प्रतिपक्षी दलका नेताले आफ्नो अवरोध यथावत् रहने जवाफ दिए।

पूर्वप्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताललाई केन्द्र मातहत राख्नेबारे मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्ने उनीहरूको अडान रह्यो। उक्त निर्णय नभएसम्म संसद अवरोध कायम राख्ने उनीहरूले प्रस्ट पारे।

नेकपा संसदीय दलका उपनेता नेम्वाङले ती अस्पताललाई केन्द्र मातहत राख्ने निर्णय आगामी मन्त्रिपरिषदबाट गराउने भनी कार्यवाहक प्रधानमन्त्रीले संसदमै प्रतिबद्धता जनाउने प्रस्ताव राखे। तर, कांग्रेस सांसदहरू मानेनन्।

कांग्रेस सांसद गगन थापाका अनुसार सभामुख महराले निकास निकाल्न सत्तापक्ष र प्रतिपक्षलाई बैठकमा डाकेको बताएका थिए। ‘निकास ननिस्किए पनि मुठभेड हुन दिन्न, प्रतिपक्षीको विरोध भए संसद अगाडि बढाउँदिन भन्ने सन्देश उहाँले प्रवाहित गर्नुभयो,’ उनले भने।

झन्डै आधा घन्टाको उक्त छलफलमा सहमति नभएपछि सभामुख महराले दलीय बैठक अन्त्य गरे। र, संघीय संसद सचिवालयका कर्मचारीलाई बैठकको घन्टी बजाउन निर्देशन दिए।

तोकिएको समयभन्दा लगभग एक घन्टा ढिलो गरी संसद बैठक सुरु भयो।

सभामुख महराले २ बज्न ५ मिनेट बाँकी छँदा बैठक सुरु गरे। लगत्तै प्रतिपक्षी सांसदहरू आ(आफ्नो ठाउँबाट उठे। यसरी प्रतिपक्षी सांसद उठ्नेबित्तिकै संसद अवरूद्ध भएको मानिन्छ।

महराले भने, ‘तपाईंहरूको अवरोध अस्तिदेखि चलिरहेको छ। आज त सक्किनुपर्ने हैनरु’

संसदमा हाँसो फैलियो।

महराले प्रमुख प्रतिपक्षीका तर्फबाट सचेतक पुष्पा भुषाललाई समय दिए। भुषालले पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताललाई केन्द्र मातहत राख्ने प्रस्ताव अघि नबढाइएकोमा विरोध जनाइन्। भनिन्, ‘कम्युनिष्ट सरकार कांग्रेसको इतिहास मेटाउन उद्दत छ।’

कांग्रेस सांसदहरूले दुई हातले टेबल ठटाए। हल गुञ्जयमान भयो।

भुषालले सत्र दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीसँग सरकारले गरेको सम्झौता पालना गर्न माग गरिन्। ‘सम्झौता संसदमा रेकर्ड छ,’ उनले भनिन्, ‘सदनलाई ढाँट्न मिल्छरु सरकारले सदनलाई निर्देशन दिन मिल्दैन भनेर बोल्न मिल्छरु’

भुषाल बोलिरहँदा उता मर्यादापालकहरू मन्त्री रोस्ट्रममा चढ्ने सिँढी अगाडिसम्म आइसकेका थिए।

भुषालले अघिल्लो बैठकमा पुरुष मर्यादापालकहरूले महिला सांसदमाथि हातपात गरेको बताइन्। प्रतिपक्षी सांसदहरूले टेबल ठोके। सत्तापक्षका सांसदले खासखुस गरे।

उनले आफ्ना माग पूरा नभएसम्म संसद चल्न नसक्ने बताइन्। त्यसलगत्तै कांग्रेस सांसदहरू दौड्दै वेल ९सभामुखको आसनअगाडिको खाली ठाउँ० मा आइपुगे।

अघिल्लो बैठकको तुलनामा झन्डै दोब्बर मर्यादापालक बैठकमा तैनाथ थिए। उनीहरूले कांग्रेस सांसदहरूलाई मात्र घेरेनन्, मन्त्रीहरूको सिटतर्फ पनि सुरक्षा दिए।

मर्यादापालकको घेराउमा परेका कांग्रेस सांसद मिनेन्द्र रिजालले सभामुख महरातर्फ फर्कंदै सोधे, ‘सभामुख महोदय यो के होरु’

महरा केही बोलेनन्।

कांग्रेस सांसदहरू नाराबाजी गर्न थाले।

महराले भने, ुमाननीय सदस्यहरू, अवरोध नगर्नुस्, आ(आफ्नो स्थानमा बस्नुस्।ु

कांग्रेस सांसदहरू नाराबाजीमा जुटे पनि प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवा भने आफ्नो सिटबाट एक पाइला मात्र अगाडि सरे। अवरोधमा सहभागी भए पनि देउवाले नारा लगाएनन्।

‘संसदीय मर्यादा कायम गर। अधिनायकवादी शैली बन्द गर। सर्वसत्तावाद अन्त्य गर। दुईतिहाइको दम्भ अन्त्य गर,’ कांग्रेस सांसदहरू गगन थापा, प्रकाश रसाइली, डिला संग्रौला र सञ्जय गौतमले पालैपालो यी नारा भट्टयाए। अरूले उनीहरूसँगै नाराबाजी गरे।

‘प्रतिपक्षीको अपमान बन्द गर, जनताका नेताको अपमान बन्द गर, मर्यादापालकलाई मर्यादामा राख,’ नाराबाजीमा यस्तो पनि सुनियो।

यसबीच सभामुख महराले आसन ग्रहणका लागि पटक(पटक आग्रह गरे। कांग्रेस सांसदको आवाज सानो भएको मौकामा उनले भने, ‘म फेरि अनुरोध गर्छु। संसदीय प्रक्रियामा आएर असन्तुष्टि राख्नुहोस्।’

महराले प्रक्रियामा आउन आग्रह गर्दा सत्तापक्षका सांसदले टेबल ठोके। कांग्रेसले नाराबाजी जारी राख्यो।

नाराबाजी नरोकिएपछि सभामुख महराले भने, ‘आसन ग्रहण गर्नुस् अन्यथा मैले कारबाही अघि बढाउनुपर्छ।’

सत्तापक्षले फेरि टेबल ठोक्यो।

सभामुख महराले संघीय संसदका महासचिव र प्रतिनिधिसभाका सचिवसँग परामर्श गरिरहेका थिए। अन्ततस् उनले विधेयक अघि बढाउने घोषणा गरे।

‘म संसदको कारबाही अगाडि बढाउन चाहन्छु,’ महराले चिकित्सा शिक्षा विधेयक पेस गर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई समय दिए।

मन्त्रीको सुरक्षा गरिरहेका मर्यादापालकहरूले पोखरेललाई रोस्ट्रममा जाने बाटो दिन हातेसाङ्लो बनाए। तै उनी अघि बढ्न सकेनन्।

मर्यादापालकहरूले उनलाई बलजफ्ती सत्तापक्षको पहिलो लाइन कटाए।

दोस्रो लाइनमा कांग्रेसका धेरै सांसद टेबल समातेर बसेका थिए। कांग्रेस नेतृ सुजाता कोइराला दाहिने हातले टेबल समातेर मन्त्रीलाई रोक्ने तर्खरमा थिइन्। यति हुँदाहुँदै पोखरेललाई दोस्रो लाइन पार गर्न सहज भयो। नेकपा सचेतक शान्ता चौधरीले आफू बसेको सिटबाट उठेर पोखरेलले बीचको लाइनबाट अगाडि बढ्न बाटो दिइन्।

मन्त्री पोखरेल सुटुक्क अगाडि बढे। बाक्लो रूपमा तैनाथ मर्यादापालकहरूले त्यसपछि मन्त्री पोखरेललाई तानेर रोस्ट्रममा चढाए।

संसद अवरोध गरिरहेका प्रतिपक्षी नेताहरूको भिड छलेर मर्यादापालकहरूको बलमा रोस्ट्रममा पुगेका मन्त्री पोखरेलले विजयस्वरुप हात हल्लाए। अनि मन्द मुस्कानसाथ चिकित्सा शिक्षा विधेयक प्रस्तुत गरे।

लगत्तै सभामुख महराले स्वीकृतिका लागि मतदानमा लगे। सत्तापक्षले ुहुन्छु भनेर ठूलो स्वरले चिच्याए। हात उठाए।

राजपा मौन बस्यो। नेमकिपा सांसद प्रेम सुवालले मात्र ‘हुन्न’ भनेर आवाज दिए।

सभामुखले विधेयक बहुमतले स्वीकृत भएको घोषणा गरे। नेकपा सांसदहरूले टेबल ठोके।

विधेयक प्रस्तुत गरेर मन्त्री पोखरेल रोस्ट्रमबाट तल झरेनन्। त्यसपछि सभामुखले छलफलका लागि समय छुट्याए। उनले सांसदहरूलाई छलफल निम्ति तीन मिनेट समय दिए। तर, कुनै पनि सांसदले नाम दिएनन्। महराले फटाफट बैठक अघि बढाए।

‘छलफलमा कुनै पनि सदस्यले भाग लिन नचाहनुभएकाले अब म विधेयकको संशोधन मूल विधेयकको अंग बनोस् भनी निर्णयार्थ प्रस्तुत गर्छु,’ महराले संसदीय समितिले गरेको संशोधनलाई मूल विधेयकमा समेट्ने प्रस्ताव राखे।

हल फेरि ‘हुन्छ’ ध्वनीले गुञ्जयमान भयो। प्रेम सुवालले मात्र ‘हुन्न’ भने।

विधेयक सर्वसम्मत हुनबाट एक मतले रोकियो।

सभामुख महराले मूल विधेयकलाई प्रस्तावका रूपमा अघि बढाए। यसपटकको उनको प्रस्तावमा पनि ुहुन्छु भन्ने सांसदको बहुमत भयो। ुहुन्नु भन्ने सुवाल मात्र भए।

नाराबाजीबीच हतारहतार बोलिरहेका महरा चिप्लिए। ुहुन्छु भन्नेको बहुमत भए पनि महराले हतारमा भने, ‘हुन्न भन्नेको बहुमत भएकाले विधेयकको दफा २ देखि ५३ सम्म विधेयकको अंग बनेको घोषणा गर्छु।’

महराले गल्ती गरेपछि नेकपा सांसदहरू अक्मकिए। उनीहरूले हात उठाएर महराको ध्यानाकर्षण गराउन खोजे। संसदको कार्य व्यवस्था समितिका एक कर्मचारीले सभामुखलाई ध्यानाकर्षण पनि गराए। तर, त्यतिञ्जेल ढिला भइसकेको थियो।

महराले विधेयकको नाम र प्रस्तावना पढेर सुनाइसकेका थिए। उनले मन्त्री पोखरेललाई विधेयक पारित गर्न समय दिइसकेका थिए। लगत्तै मन्त्री पोखरेलले विधेयक पारित गर्न रोस्ट्रमबाट प्रस्ताव राखे। महराले विधेयक पारित गर्न निर्णयार्थ पेस गरे।

सभामुखले निर्णयार्थ प्रस्तुत गरिरहँदा मन्त्री पोखरेल रोस्ट्रमबाट झरेर आफ्नो सिटमा आउँदै थिए। उनी जुन बाटो गएका थिए, त्यसैगरी फर्किए।

नेकपा सांसदहरूले पोखरेलसँग हात मिलाए। बधाई दिए।

त्यसपछि महराले विधेयक निर्णयार्थ प्रस्तुत गरे, ुविधेयकको पक्षमा हुने सदस्यहरूले ‘हुन्छ’ भन्नुस्, विपक्षमा हुने सदस्यहरूले ‘हुन्न’ भन्नुस्।ु

दुईतिहाइ समर्थनप्राप्त सरकारले संसदमा प्रस्तुत गरेको विधेयक ‘हुन्छ’ भन्ने ध्वनीसाथ अगाडि बढ्यो। ुहुन्नु भन्ने प्रेम सुवालको आवाज सानो सुनियो।

विधेयक बहुमतले पारित भयो। संघीय समाजवादी फोरमले पक्षमा मतदान गर्‍यो भने राजपाले मौनता साँध्यो।

सभामुख महराले विधेयक पारित भएको घोषणा गरे।

यसरी प्रमुख प्रतिपक्षीको वेल घेराउ र नाराबाजीबीच ४० मिनेटको संसदीय रस्साकस्सीबाट चिकित्सा शिक्षा विधेयक पारित भयो। विधेयक पारित भए पनि यसले संसदमा सत्तापक्ष र प्रतिपक्षको दुरी बढाएको छ।

नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारबाट ुनिषेध राजनीतिको प्रारम्भु र सभामुखको ुजालझेलपूर्ण व्यवहारु भनी टिप्पणी गरेका छन्।

ुप्रमुख प्रतिपक्षी दलले लगातार उठाएको विषयमा सरकारबाट संवादको निम्ति सामान्य प्रयत्न पनि भएन,ु उनले भने, ुसदन अवरोध गरेर उिभइरहेको प्रतिपक्षलाई निषेध गर्ने सरकारले मसँग दुईतिहाइ बहुमत छ भन्ने सन्देश दिन खोजेको छ। मसँग असहमति राख्नेलाई म चिन्दिनँ, उनीहरूको कुरा म मान्दिनँ भन्ने सन्देश दिएको छ। यो निषेधको राजनीतिको प्रारम्भ हो।ु

उनले महराले सभामुखका रूपमा निष्पक्ष व्यवहार देखाउन नसकेको र सत्तापक्षको आदेशपालकजस्तो रवैया देखाएको आरोप पनि लगाए।

ुम आजको बैठकमा सरकारभन्दा सभामुखको तर्फबाट बढी गैरजिम्मेवारपूर्ण व्यवहार भएको मान्छु। उहाँले चाहनुभएको भए आज विधेयकमा प्रवेश नगरेर मुठभेड टार्न सक्नुहुन्थ्यो। शुक्रबारको दिन भएकाले विधेयक पास गराउनैपर्ने बाध्यता थिएन। सदनको नियम ११ बमोजिम शुक्रबारको दिन विधेयकमा छलफल हुँदैन। उहाँले यही प्रावधान प्रयोग गरेर चिकित्सा शिक्षा विधेयक नउठाउन पनि सक्नुहुन्थ्यो। तर, उहाँ सरकारको आदेशपालक भएर आफ्नो जिम्मेवारीबाट विमुख हुनुभयो,ु थापाले भने।

कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अधिनायकवादी शैलीमा चिकित्सा शिक्षा विधेयक पारित भएको टिप्पणी गरे।

‘वेल घेराउ हुँदाहुँदै अधिनायकवादी शैलीमा विधेयक पारित भयो, सभामुखले पदको गरिमा नै राख्न सक्नुभएन, मलाई दुस्ख लागेको छ,’ बैठकपछि पत्रकारसँग कुरा गर्दै देउवाले भने।

सत्तापक्ष र प्रतिपक्षको बढेको दुरीले संसदबाट कानुन निर्माणमा जटिलता थपेको छ। आउँदो फागुन २१ गतेसम्म संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्नुपर्ने चुनौती सरकारसँग छ।



शनिबार १२, माघ २०७५ १०:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.