कैलालीको मसुरिया स्वास्थ्य चौकीलाई ह्विलचियर हस्तान्तरण

युग संवाददाता     726 पटक पढिएको    

कैलालीको मसुरिया स्वास्थ्य चौकीलाई ह्विलचियर हस्तान्तरण

मसुरिया / कैलालीको मसुरिया स्वास्थ्य चौकीलाई दुई थान ह्विलचियर हस्तान्तरण गरिएको छ । नेपाली काँग्रेसका नेता तथा समाजसेवी दिनेश राज जोशीको समन्वयमा ह्विलचियर स्वास्थ्य चौकीलाई प्रदान गरिएको थियो ।

एलआरआई स्कुल काठमाडौँका फाउण्डर यशोदा पन्तले आफ्नो स्व। बुबा आमा पीताम्बर जोशी र जानकी जोशी सम्झना तथा सासुआमा राधा पन्तको सम्मानमा ह्विलचियर प्रदान गरेका हुन् । मसुरिया स्वास्थ्य चौकीमा अति असक्त बिरामी तथा गर्भवती सुत्केरी महिलालाई स्याहारसुसार गर्न ह्विलचियरको अभावमा समस्या परेको हुँदा गौरीगङ्गा नगरपालिका वडा नं.९ का निवर्तमान वडा अध्यक्ष हरि प्रसाद तिवारीको आग्रहलाई दाता समक्ष राखे पछि पन्तले आफन्तहरूको स्मृति र सम्मानमा ह्विलचियर प्रदान गरेको जोशीले जानकारी दिए ।

ह्विलचियर मसुरिया स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष चन्द्रकला पराजुली तथा स्वास्थ्य चौकी प्रमुख लालप्रसाद पन्तलाई हस्तान्तरण गरिएको छ ।



बुधबार २९, असार २०७९ ०४:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal