श्रीलंकाका राष्ट्रपति देश छोडेर भागे

युग संवाददाता     181 पटक पढिएको    

श्रीलंकाका राष्ट्रपति देश छोडेर भागे

काठमाडौं / श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षे देश छोडेर भागेका छन् । सर्वसाधरणको विरोधपछि ७३ वर्षका राष्ट्रपति राजापाक्षे देश छोडेर भागेका हुन् ।

उनी स्थानीय समय अनुसार राति ३ बजेतिर माल्दिभ्सको राजधानी माले पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् ।

राजपाक्षेको विदाईले श्रीलङ्कामा दशकौंसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य भएको मिडियाले उल्लेख गरेका छन् ।

गत शनिबार राष्ट्रपति निवासमा प्रदर्शनकारीले आक्रमण गरेपछि राजापाक्ष लुकेर बसेका थिए । उनका भाइ पूर्व अर्थमन्त्री बसिल राजापाक्षे पनि देश छाडेको बीबीसीले खबर लेखेको छ ।

उनी अमेरिका जानेक्रममा रहेको समाचारमा उल्लेख छ । आर्थिक संकट चुलिँदै गएपछि त्यहाँ प्रदर्शनकारीको आक्रोश राजापाक्षे परिवारमाथि पोखिएको छ ।



बुधबार २९, असार २०७९ ०९:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.