जडीबुटी खाएर अछाममा एक जनाको मृत्यु, एक घाइते

युग संवाददाता     217 पटक पढिएको    

जडीबुटी खाएर अछाममा एक जनाको मृत्यु, एक घाइते

अछाम / अछाममा जडीबुटी खाँदा एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । एक अपरिचित व्यक्तिले दिएको जडीबुटी खाँदा चौरपाटी गाउँपालिका–४ पायलका ४२ वर्षीय गणेश खत्रीको ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ ।

यसैगरी, खत्रीसंगै जडीबुटी खाएका साँफेबगर नगरपालिका–७ का वडा सदस्य २९ वर्षीय किशोर भाट घाइते भएका छन् । बयलपाटा अस्पतालमा उनको उपचार भइरहेको छ । मृतकका दाजु दीपकका अनुसार दुवै जनाले आइतबार दिउँसोतिर साँफेबगरमा नचिनेको जडिबुटी खाएका थिए । ‘निगुरोको डाँठ जस्तो तेलमा तारेको कुन जडिबुटी हो, पोलथिनमा केही भेटिएको छ’, मृतकका दाजुले भने । उक्त जडीबुटी खाएपछि शरीरको तापक्रम निकै बढेको बताइएको छ ।

त्यस्तो भएपछि स्थानीय प्रभाली खोलामा नुहाउन गएको र त्यहीँ ढलेपछि स्थानीयले अटोरिक्सामा राखेर बयलपाटा अस्पताल पु¥याएका थिए । अस्पताल पु¥याएको एकैछिनमा गणेशको मृत्यु भएको मृतकका दाजुले बताए । जडीबुटी दिने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । 



सोमबार २७, असार २०७९ ०९:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.