कैलालीको गोदावरी नगरपालिकामा एक बालकको शव फेला

युग संवाददाता     300 पटक पढिएको    

कैलालीको गोदावरी नगरपालिकामा एक बालकको शव फेला

धनगढी / कैलालीको गोदावरी नगरपालिकामा एक बालकको शव फेला परेको छ।गोदावरी नगरपालिका–३ डमलमा गोदावरी नदी किनारमा अन्दाजी सात वर्षीय बालकको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अनुहार नचिनिने, शरीरमा कपडा नभएको अवस्थामा बालकको शव फेला परेको हो।

प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाएको र घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिए।



आइतबार २६, असार २०७९ १०:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.