धनगढी,२५ असार । लगातारको बर्षापछि आएको बाढीले कैलाली स्थित मोहना नदीमा पानीको सतहले खतराको तह पार गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार नदीमा पानीको सतहले खतराको तह पार गरेको हो । तीन मिटर खतराको संकेत रहेको मोहना नदिमा अहिले ६:३० बजे ३ दशमलव ०९ मिटर पानीको सतह पुगेपछि तटीय क्षेत्रहरू तथा डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क हुन आग्रह गरिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार यहाँका कान्द्रा र मोहना नदिमा पानीको सतह बढ्दो क्रममा छ
प्रतिकृया दिनुहोस