प्रधानमन्त्री देउवाले अर्थ मन्त्रालय आफैँ सम्हाल्ने

युग संवाददाता     231 पटक पढिएको    

प्रधानमन्त्री देउवाले अर्थ मन्त्रालय आफैँ सम्हाल्ने

काठमाडौं / जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हाल्ने भएका छन् ।

बुधबाट संसद् बैठकमा सम्बोधन गर्दै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका थिए । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरेर प्रधानमन्त्री देउवाले अर्थ मन्त्रालयको जिम्मेवारी आफैँ सम्हाल्ने गरी तोकेको जनाएको छ ।

शर्मा माओवादी केन्द्रबाट अर्थमन्त्री बनेका थिए । माओवादीले शर्मामाथि छानबिन सकिएपछि मात्र नयाँ मन्त्री पठाउने तयारी गरेको छ ।बुधबार संसद् भवन बाहिर माओवादी नेता वर्षमान पुनले आरोप पुष्टि नभए फेरि शर्मा नै अर्थमन्त्री बन्ने बताएका थिए ।आजै शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरिएको छ । 



बिहिबार २३, असार २०७९ १०:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.