काठमाडौँ / नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्रमा रञ्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छिन् । २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा मेयरकी उम्मेदवार घोषणा गरेकी दर्शनाले शुक्रबार राती काठमाडौँ–५ मा संघीय निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेकी हुन् ।
‘तपाईंहरूले विभिन्न माध्यम बाट आउने सङ्घीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ,’ शुक्रवार राती गरेको घोषणामा भनेकी छिन्, ‘आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र न। ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यँहाहरू समक्ष बाँड्न पाउँदा हर्षित छु ।’
प्रतिकृया दिनुहोस