आज गठबन्धनका नेताले निजगढ विमानस्थलको निरीक्षण गर्दै

युग संवाददाता     466 पटक पढिएको    

आज गठबन्धनका नेताले निजगढ विमानस्थलको निरीक्षण गर्दै

बारा / सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुले बाराको निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल’को शनिबार बिहान स्थलगत निरीक्षण गर्ने भएका छन्।

काठमाडौंबाट बिहान ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवासहितको शीर्ष नेताको टोली निजगढ भ्रमणमा आउन लागेको गठबन्धनका एक नेताले जानकारी दिए।

प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेता विमानस्थल निर्माणक्षेत्रको अवलोकनमा आउन लागेका हुन्।

वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरुले पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा आउन लागेका हुन्।

सर्वोच्च अदालतले गत बुधवार विमानस्थल सम्बन्धि मुद्दाको फैसला गर्दै निमार्ण गर्ने जिम्मा सरकारको हातमा दिएको छ।



शनिबार १८, असार २०७९ ०२:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal