हेल्प फर ह्याप्पिनेसको संयोजकमा पुनः भण्डारी

युग संवाददाता     237 पटक पढिएको    

हेल्प फर ह्याप्पिनेसको संयोजकमा पुनः भण्डारी

धनगढी / सामाजिक कार्यमा क्रियाशील संस्था हेल्प फर ह्याप्पिनेस सुदूरपश्चिमको संयोजकमा पुनः घनश्याम भण्डारी निर्वाचित भएका छन् । 
नयाँ नेतृत्व चयनका लागि डिजिटल प्रविधिबाट भएको सो संस्थाको निर्वाचनबाट उनले फेरि प्रदेश संयोजकको जिम्मेवारी प्राप्त गरेका हुन । यसैगरी, सह–संयोजकमा प्रियङ्का अग्रवाल निर्वाचित भएकी छन् । 
सदस्यहरुमा आशा न्यौपाने, भरत बिष्ट, भीमबहादुर बिष्ट, डम्मरराज योगी, गौरव पाठक केशव पौडेल, पवन पाण्डेय, पूजा अवस्थी र सोनिया जोशी निर्वाचित भएका छन् । 
हेल्प फर ह्याप्पिनेसले नाम अनुसारको काम गर्दै आएको छ । सो संस्थाले असहायसहित आपतमा परेकालाई सहयोग गर्नुका साथै आपतकालीन अवस्थामा रक्तदाता खोजेर बिरामीलाई रगत उपलब्ध गराउने लगायतका कार्य गर्दै आएको छ । 



आइतबार ०५, असार २०७९ ०३:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.