प्रधानमन्त्रीद्वारा धनगढी उपमहानगरपालिका भवन उद्घाटन

युग संवाददाता     356 पटक पढिएको    

प्रधानमन्त्रीद्वारा धनगढी उपमहानगरपालिका भवन उद्घाटन

धनगढी / प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरेका छन् । 
आज एक समारोहकाबीच उनले भवनको उद्घाटन गरेका हुन । सो क्रममा प्रधानमन्त्रीले गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाउने बताए । कैलालीको गोदावरी नगरपालिकास्थित गेटामा सो कलेजको भौतिक संरचना बनेको छ । त्यसलाई प्रतिष्ठानको रुपमा सञ्चालन गर्नका लागि क्याबिनेटबाट निर्णय गरेर आवश्यक ऐन, कार्यविधि बनाइ अगाडि बढाइने प्रधानमन्त्रीको भनाइ थियो । 
सोही अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पश्चिम सेती जलविद्युत आयोजनाको काम चाँडै अगाडि बढाउन प्रधानमन्त्रीलाई आग्रह गरे । यसैगरी, महाकाली कोरीडोर, खुटिया–दिपायल र सेती लोकमार्ग गरेर तीन वटै फाष्ट ट्रयाकलाई पनि प्राथमिकता दिन आग्रह गरे ।  
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले गौरीफन्टा नाकालाई कैलालीको मातहतमा गर्न, गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाउन प्रधानमन्त्री देउवालाई आग्रह गरे । 
सात कारोड २३ लाख ४५ हजार रुपैयाँ लगानीमा धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवन निर्माण गरिएको हो ।  



शनिबार ०४, असार २०७९ ०४:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.