अछाममा सर्पको टोकाईबाट गर्भवती महिलाको मृत्यु

युग संवाददाता     652 पटक पढिएको    

अछाममा सर्पको टोकाईबाट गर्भवती महिलाको मृत्यु

अछाम / अछाममा सर्पको टोकाईबाट महिलाको मृत्यु भएको छ।पञ्चदेवल विनायक नगरपालिका– ५ लयाँटीमा ३२ वर्षीया गर्भवती रामपुरा शाहीको सोमबार राति सर्पको टोकाईबाट मृत्यु भएको हो।

सुतेको अवस्थामा उनलाई सर्पले टोकेको मृतकका जेठाजु लालबहादुर शाहीले जानकारी दिए।सर्पले टोकेपछि सोमबार राती उनको गाउँमै झारफुक गराएको र बिहान अस्पताल लग्ने तयारी गरिरहेकै अवस्थामा रामपुराको मृत्यु भएको उनले बताए।



मङ्गलबार ३१, जेठ २०७९ ०८:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal