अछामका शाह मृत्यु प्रकरण : कैलाली प्रहरीले दर्ता गर्‍यो किटानी जाहेरी

युग संवाददाता     309 पटक पढिएको    

अछामका शाह मृत्यु प्रकरण : कैलाली प्रहरीले दर्ता गर्‍यो किटानी जाहेरी

धनगढी / भारतबाट फर्किने क्रममा कैलालीमा ज्यान गुमाएका अछामको चौरपाटी गाउँपालिका–१ का ३२ वर्षीय धनबहादुर शाहको हत्या गरिएको भन्दै किटानी जाहेरी दर्ता गरिएको छ । प्रहरीले किटानी जाहेरी दर्ता गरेपछि परिवारले शव बुझेर कैलालीको मोहना नदीमा सोमबार अन्त्येष्टि गरेको छ ।

शव परीक्षणपछि मात्र किटानी जाहेरी लिने बताइरहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले चौतर्फी दबाबपछि जोहरी दर्ता गरेको पीडित पक्षले जनाएको छ । 

मृतकका भाइ नाता पर्ने बमबहादुर शाहले उनीसँगै भारतबाट फर्किएका चौरपाटी गाउँपालिका–१ का ५४ वर्षीय खडक शाह, वडा नम्बर २ बस्ने ४५ वर्षीय कृष्णबहादुर शाह र सोही गाउँपालिका–३ बस्ने ३८ वर्षीय पदमबहादुर साउदविरुद्ध किटानी जाहेरी दिइएको बताए । उनकाअनुसार मृतककी श्रीमती धनादेवी शाहले श्रीमानको हत्या भएको आशंकासहितको किटानी जाहेरी दिंदै निष्पक्ष अनुसन्धान गरेर दोषीलाई कानुन अनुसारको कारवाही र क्षतिपूर्तिको माग गरेकी छन् ।



मङ्गलबार ३१, जेठ २०७९ ०१:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.