सुदूरपश्चिमेली नेपाली समाज रोमानियाको अध्यक्षमा लोकेन्द्र खत्री

युग संवाददाता     605 पटक पढिएको    

सुदूरपश्चिमेली नेपाली समाज रोमानियाको अध्यक्षमा लोकेन्द्र खत्री

धनगढी /  सुदूरपश्चिमेली नेपाली समाज रोमानियाको अध्यक्षमा लोकेन्द्र खत्री निर्विरोध चयन भएका छन् । आइतबार सम्पन्न पहिलो पहिलोबाट लोकेन्द्र खत्रीको अध्यक्षतामा २३ सदस्सीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली मूल नारा रहेको समाजले विश्वका विभिन्न देशमा राष्ट्रिय समिति बिस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै रोमानिया मा समाज बिस्तार गरेको हो ।

उक्त भेलाले खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ जसमा उपाध्यक्षमा प्रकाश सिंह ठकुरी, महासचिवमा सिर्जनाकरण ,सचिवमा राजकुमार श्रेष्ठ,कोषाध्यक्षमा समीर जिसी, सह-कोषाध्यक्षमा विकास अधिकारी,महिला संयोजक माया श्रेष्ठ, महिला उपसंयोजक मा बिना कार्की चयन भएका छन् ।

यसै गरी सदस्यमा क्रमशः अमृता शर्मा, अशोक जङ्ग शाही ,विमल निरौला,सुवास थापा,विमल ठकुरी,पुरन तिवारी,समीर साउँद सन्जु मगर,मनिष खत्री,ग्रेस थिङ, चेतमान खड्का,मिना खड्का,राज दंगाल,विजय भाट ,प्रकाश खड्का,पुष्कर शाह, चयन भएका छन्। यसै गरी  प्रमुख सल्लाहकारमा राज सिंह ठकुरीलाई चयन गरेको छ ।



मङ्गलबार ३१, जेठ २०७९ ०१:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal