डडेल्धुरामा देवर र भाउजू मृत फेला

युग संवाददाता     220 पटक पढिएको    

डडेल्धुरामा देवर र भाउजू मृत फेला

डडेल्धुरा / डडेल्धुरामा देवर र भाउजू मृत फेला परेका छन् । निहरु एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । डडेल्धुराको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति बिक र गणेश बिकको शव फेला परेको हो ।  

आलितालको वडा नम्बर ३ र ५ को सीमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

दुवैको शव एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



सोमबार ३०, जेठ २०७९ ०८:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.