नवजीवनका १० कर्मचारीलाई २४ घण्टे स्पष्टीकरण, २ जनाको जिम्मेवारी खोसियो

युग संवाददाता     611 पटक पढिएको    

नवजीवनका १० कर्मचारीलाई २४ घण्टे स्पष्टीकरण, २ जनाको जिम्मेवारी खोसियो

धनगढी / कैलालीको धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडका १० कर्मचारीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।

विभिन्न नक्कली फाइल खडा गरी डेढ करोड ऋण प्रवाह गरिएपछि धनगढी शाखामा कार्यरत १० जना कर्मचारीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।नक्कली फाइल प्रकरण बाहिरिएपछि सहकारीका उपाध्यक्ष चेतराज ओझाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।

छानबिन समितिको प्रतिवेदन अनुसार सहकारीका धनगढी मुख्य शाखाका सहायक महाप्रबन्धक एवं तत्कालीन धनगढी मुख्य शाखा प्रमुख प्रेमराज जोशी र धनगढी शाखाका ऋण विभाग प्रमुख धनन्जय भट्टलाई स्पष्टीकरण सोधिएको थियो । जोशी र भट्टको कार्यसम्पादन नियमसंगत नदेखिएपछि उनीहरूलाई धनगढी मुख्य बैंकिङ कार्यालयमा तानिएको सहकारीका उपाध्यक्ष चेतराज ओझाले जानकारी दिए ।

मुख्य बैंकिङ कार्यालयमा तानिएका उनीहरूलाई दैनिक जिम्मेवारीबाट मुक्त गरिएर जगेडामा राखिएको छ। जोशी र भट्टले सहकारीका नक्कली फाइल प्रमाणीकरण तथा सदर गरेको भेटिएको छ ।



सोमबार ३०, जेठ २०७९ ०८:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal