गेटा मेडिकल कजेललाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन माग

युग संवाददाता     247 पटक पढिएको    

गेटा मेडिकल कजेललाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन माग

काठमाडौं / सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कजेललाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन माग गरेका छन्।

उनीहरुले सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेट गरी आफ्ना मागका बारेमा ध्यानाकर्षण गराएका हुन्।प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुले गेटा मेडिकल कलेजलाई किन विश्वविद्यालय बनाउन आवश्यक छ भन्ने विषयमा बुँदागत रुपमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्।

विकास निर्माणको दृष्टिकोणबाट पछि पारिएको सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म स्वास्थ्य क्षेत्रतर्फ भरपर्दो आधार निर्माण हुन सकेको छैन। कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेज सञ्चालनको काम निकै ढिलो भएको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘अहिले सरकारले डडेलधुरामा पनि मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेको छ। त्यहाँ कलेज स्थापना हुनु आफ्नो ठाउँमा उपयुक्त नै होला तर, भौतिक संरचनालगायतका थुप्रै संरचना निर्माण भइसकेको गेटाका विषयमा प्रष्ट रुपमा सरकारको ध्यान गएको देखिएको छैन।’

विश्वमा धेरैजसो स्वास्थ्य क्षेत्रका लागि नै भनेर विश्वविद्यालय स्थापना गरिएका प्रशस्त उदाहरण भए पनि नेपालमा त्यसको व्यवस्था अझै नथालिएको सांसदहरुको भनाइ छ।



सोमबार ३०, जेठ २०७९ १२:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.